संखुवासभा  : खाँदबारी नगरपालिकाले ४३ सामुदायिक विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको छ।  खाँदबारी नगरपालिका कार्यालयले सेनेटरी प्याडसहितका प्राथमिक उपचार किट बक्स वितरण गरेको शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले जानकारी दिए।

नगरभित्रका प्रधानाध्यापकहरुको मासिक बैठकको अवसरमा मंगलबार छात्रालाई सेनेटरी प्याड र प्राथमिक उपचारका सम्पूर्ण सामग्रीसहितको किट बक्स वितरण गरिएको हो। बक्समा सेनेटरी प्याड, सिटामोल, आँखामा लगाउने मलम, बान्ता रोक्ने औषधिलगायतको औषधि रहेको बताइएको छ। नगरपालिका कार्यालयले खरिद गरेको एउटा प्राथमिक उपचार बक्सको मूल्य १० हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।