धरान : महालक्ष्मी विकास बैंकले धरानमा आफ्नो कारोबार सेवा शुचारु गरेको छ । भदौ महिनाबाट बैंकले आफ्नो ९९ औं शाखा स्थापना गरी सेवा सुचारु गरेको हो ।

धरान–९ स्थित पुतलीलाइनबाट बैंकले आफ्नो सेवा प्रदान गर्न थालेको छ । महालक्ष्मी बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । यो शाखा संचालनमा आएपछि बैंकको शाखा ९९ सय पुगेको बंैकका धरान शाखा प्रमुख प्रवल श्रेष्ठले जानकारी दिए । महालक्ष्मीले मुलुकभरमा करिव ५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गदै आएको श्रेष्ठको भनाई रहेको छ ।

धरानका उद्योगी व्यवसायी तथा सम्पूर्ण सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले शाखा सञ्चालनमा ल्याएको बताउदै बैंकिङ सेवा चुस्त दुरुस्त र छिटो प्रदान गर्ने बैंकको नीति रहेको शाखा प्रमुख श्रेष्ठको भनाई रहेको छ । धरानबासीहरुलाई एक पल्ट सेवा गर्ने मौका दिन पनि उनले आग्रह गरे । उनले आफ्ने बैंकको एकपल्ट सेवा लिएर हेर्नको लागि सेवाग्राहीलाई अपिल समेत गरेका छन् । धरानमा महालक्ष्मी विकास बैंक बाहेक करिव ४० वटा बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा रहेका छन् ।