धरान: पहिलो संविधानसभाका सदस्य धरान ८ निवासी छियामा राईको निधन भएको छ । राईको हिजो मंगलबार राती उपचारको क्रममा काठमाण्डौंस्थित सुमेरु अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो । उनी दम र प्रेसरबाट पीडित थिइन् ।

मृतक राई राष्ट्रिय जनमुक्ति पार्टीको संघीय महासभा सदस्य पनि हुन् । उनी पहिलो संविधानसभामा जनमुक्ति पार्टीको तर्फबाट समानुपातिक सदस्य भएकी थिइन् । उनले धरान ८ मा पार्टीको भवनको लागि जग्गादान गरेकी थिइन् । नेतृ राईको असामयिक निधनको खबरले पार्टी, नेता र कार्यकताहरु स्तब्ध भएको सुनसरी जिल्ला अध्यक्ष विवेक राईले बताए ।