धरान: नेपाल विद्युत प्राधिकरणले धरान वितरण केन्द्रमा १६ एमभिए क्षमता वृद्धि गर्ने भएको छ । यो क्षमता वृद्धि भएसँगै धरान क्षेत्रमा माग भन्दा बढी विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

हाल धरान सब स्टेशनमा नयाँ पावर ट्रान्सफर्मर जडान भइरहेको छ । धरान १९ स्थित सब स्टेशनमा ८ एमभिएको ट्रान्सफर्मर हटाएर १६.६ एमभिएको नयाँ ट्रान्सफर्मर जडान कार्य भइरहेको धरान वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । ‘अबको एक साताभित्र सब स्टेशनको क्षमता वृद्धि हुनेछ, र धरानको मागअनुसार पर्याप्त विद्युत आपूर्ति हुनेछ,’सापकोटाले भने ।

प्राधिकरणका अनुसार हालसम्म धरान सब स्टेशनमा २४ एमभिए क्षमता थियो । त्यसमध्ये एउटा ८ एमभिएको ट्रान्सफर्मर हटाइएको छ । उक्त ठाउँमा १६.६ एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर जडान हुदैछ । हालसम्म पिक आवरमा पनि करिब १८ एमभिए लोड हुने गरेको धरान वितरण केन्द्रको भनाई छ । ‘नयाँ ट्रान्सर्फमर जडान भएपछि हामीसँग ३२.६ एमभिए हुन्छ, र धरानलाई पर्याप्त विजुली हन्छ,’केन्द्र प्रमुख सापकोटाले भने,‘यसले धरानको लोड जति बढेपनि आउदो ५, ७ बर्षसम्मलाई पुग्छ ।’

transformar1