सुनसरी: पार्टी एकता भएर केही साताअघि मात्र सपथ लिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटिको कार्यालयमा तालाबन्दी भएको छ ।

पार्टी समायोजन गर्दा अपारदर्शी र मापदण्ड विपरीत भएको भन्दै नेकपा सम्बद्ध युवाहरुले पार्टी कार्यालयमा नै आज केही बेरअघि तालाबन्दी गरेको हो । यो तालाबन्दीसँगै समायोजनाप्रतिको कार्यकर्ताहरुको असन्तुष्टी सतहमा आएको छ । तालाबन्दी गर्ने युवाहरुले सुचनासमेत जारी गर्दै ३ वटा बुँदामा समस्या समाधानको लागि प्रस्तुत गर्दै समाधान नभएसम्म तालाबन्दी नखोल्ने पनि जनाएका छन् ।

युवाहरुले इमान्दार, प्रतिवद्ध, क्रियाशिल र मापदण्ड अनुरुप योग्यता पुगेका कार्यकर्ताहरुलाई पन्छाएर गरिएको समायोजन तत्काल सच्याउन माग गरेका छन् । यस्तै, मापदण्ड पुगेका प्रतिवद्ध कार्यकर्ताहरुलाई कमिटिमा राख्न माग गरेका छन् भने मनलाग्दी तरिकाले कमिटि समायोजनको निर्णय गर्ने नेताहरुले कार्यकर्ता सामु आत्माआलोचना गर्न पनि माग गरेका छन् ।

nekapa-tala-2