धरान(डेस्क): गृह मन्त्रालयले सुनसरी जिल्लासहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३१ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले सुनसरी, काठमाडौंसहित धनकुटा, इलाम, झापा, मोरङ, सप्तरी, महोत्तरी, बारा, मकवानपुर, काभ्रे, ललितपुर, धादिङ, रुपन्देही, सुर्खेत, बाँके, कास्की र धनकुटाका सिडिओको सरुवा गरेको हो । यस्तै, मुस्ताङ, जाजरकोट, रुकुम पूर्वी र बझाङका सिडिओको पनि सरुवा भएको छ । सिडिओ सरुवा भएका धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा भने कायमुकायम प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।

cdo