धरान: सुनसरी उद्योग वाणिज्य संघ, धरानले ५६ औं वार्षिकोत्सव मनाउने क्रममा आज कर शिक्षा कार्यक्रम आयोजना गरेको छ ।

संघ अन्तर्गत धरानका विभिन्न वस्तुगत संघ संस्थाहरुका प्रतिनिधिहरु तथा उद्योगी व्यापारीहरुको सहभागितामा कार्यक्रम भएको हो । संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षमतामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत रमेश ओझा सहजकर्ता रहेका थिए । कार्यक्रममा आयकर, व्यक्तिगत स्थायी लेखा नम्बर, पान तथा मूल्यअभिवृद्धि सम्बन्धमा जानकारी गराईको थियो ।

कार्यक्रम व्यवसायीहरुको लागि उपलब्धीमुलक भएको संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले बताए । संघको वार्षिकोत्सवको अवसरमा हिजो बुधबार उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको थियो भने भोली शुक्रबार वार्षिकोत्सव कार्यक्रम हुने कार्यसमिति सदस्य विष्णु वरालले जानकारी दिए ।

udhog