औजार : आजको औजार दैनिकमा “दुवईमा नेपालीको मृत्यु” शीर्षकको समाचार छापिएको छ । दुवईमा उदयपुरका एक नेपालीको मृत्यु भएको छ । डेढ महिनादेखि उपचार गराइरहेका उदयपुर पुरानदहका ३८ वर्षीय केदार कुमार कठायतको विहीबार विहान मृत्यु भएको हो । केदारको ज्यान गएको खबर सुनेपछि उनका ५१ वर्षीय काका नरेन्द्रबहादुर कठायतको समेत ह्रदयघातका कारण ज्यान गएको परिवारले जनाएको छ । श्रीमानको ज्यान गएको खबर सुनेर श्रीमती पनि अचेत छिन् । आवुधावीमा रहेको सेक्युरिटि मिडिल इस्ट कम्पनीमा सेक्युरिटिको काम गर्ने केदार डेढ महिना पहिले व्यायाम गर्ने क्रममा अचानक वेहोस भएर लडेपछि साथीले अस्पताल पुर्याएका थिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुनसरीमा तीन हजार अपराधी खोज्दै प्रहरी” शीर्षकको समाचार छापिएको छ । विभिन्न मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहरिएका ३१ ज्ना विदेशी नागरिक सहित २ हजार ९ सय ७५ जना अभियुक्तहरु फरार रहेका छन् । अपराधीहरु लामो समयदेखि प्रहरीको आँखा छलेर खुलेआम बस्दै आएका छन् । अदालतको फैसला पछि पनि अपराधीहरु कानुनलाई चुनौती दिदै अझै फरार छन् । सुनसरीमा अधिकांश अपराधी पक्राउ पर्न सकेका छैनन् । जिल्ला अदालत सुनसरीका अनुसार फरार अभियुक्तहरुबाट ११ करोड ८३ लाख २३ हजार जरिवाना उठ्न बाँकी रहेको छ । करिब २९ सय ७५ जना फरार अपराधीबाट २३ सय १८ वर्ष कैद फछ्र्यौट हुन बाकि रहेको जिल्ला अदालत सुनसरीका तहसिलदार ईश्वर भण्डारीले बर्ता । नयाँ कानूनले पनि केही अभियुक्तहरु अघिल्ला वर्षहरुभन्दा घट्दै गएको जनाएको छ । अदालतसँग फरारहरुको स्पष्ट पहिचान खुल्ने अभिलेखसम्म छैन ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “ताप्लेजुङमा सिंगो बस्ती पहिरोको जोखिममा” शीर्षकको समाचार छापिएको छ । ३६ घरपरिवार रहेको ताप्लेजुङको फक्ताङलुङगाउँपालिका ३ लिङखिमस्थित थिवा पुछार टोल पूरै पहिरोको जाखिममा परेपछि जोखिम प्रभावितले एकिकृत बस्ती व्यवस्थापनसहित स्थानान्तरणको माग गरेका छन् । पहिरोले २ घरपरिवारलाई विस्थापन नै गरिसकेको र पहिरो भरेर पूरै बस्ती जोखिममा पारेपछि तत्कालीन लिङखिम गाविस १ थिवा पुछार टोलका बासिन्दाले एकिकृत बस्ती व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका हुन् । पहरोले विस्थापित स्थानीय चिरेन्द्र लाबुङले पहिरोले पुरै बस्ती नै प्रभावमा पारेपछि पहिरो प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरे ।

यसैगरी आजकै नागरिक पूर्वेली दैनिकमा “फिल्मी शैलीमा डकैतीः डाकाको गिरोह प्रहरी फन्दामा” शीर्षकको समाचार छापिएको छ । विराटनगरमा भएका शृृङ्खलाबद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन भारतीयसहित सातजनालाई पक्राउ गरेको छ । साउन र भदौमा भएका शृृङ्खलाबृद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्ला बेनीपट्टी कटैयाग्रा पञ्चायत १३ बस्ने ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थान बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र ४४ वर्षीय मो. मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका ३ का ४१ वर्षीय मो. मोहिज धुनियाँ, गौर नगरपालिका ३ कै ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका( ४ का ५२ वर्षीय सेख मो. सफिल र सोही स्थानका ४६ वषिर्य शेखअलि असरगर छन् । चोरीका मुख्य नाइके भारतका मो कलाम भने फरार छन् । भदौ ९ गते राति विराटनगर ७ मा रहेको कममाह कृषि सहकारी संस्थाबाट ४ लाख ९५ हजार र सोही स्थानको माँ भवानी इन्टरप्राइजेजबाट ६ लाख रुपैयाँ चोरी गरेको थियो । सोही समूहले साउन २३ गते विराटनगर शनिहाटमा रहेको पञ्चकन्या ट्रेडलिंकबाट ५ लाख ९५ हजार, सोही दिन शनिहाटमै रहेको गणनायक मार्के्टिङ हाउसबाट ४ लाख रुपैयाँ सटर फोडेर चोरी भएको थियो । चारवटा चोरीको संलग्नहरुले भारतबाट स्कारपियो भाडामा लिएर चोरीका लागि विराटनगर आएकाहरुलाई भाग्दै गर्दा मोरङको पथरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार सो समूहले स्कारपियो भाडामा लिएर चोरीका लागि विराटनगर आएको थियो । गत साउन २६ गते चोरी गरी सहज रुपमा भारत पसेको समूहले पून सोही तरिका अपनाउन खोज्दा पक्राउ परेको हो । जोगवनी नाका हुँदै चार दिनको अनुमति लिएर भित्रिएको बिआर ३२ पिए २८३६ नम्बरको स्कारपियोकै आधारमा गिरोहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।