कश्मीर : जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको छ ।

Kutpit_nZU5iASZrh

भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । सुरक्षाकर्मीले सर्वसाधारणलाई टेलिफोनका तारले कुटेको र करेन्ट लगाएर याताना दिएको पीडितहरुले जनाएको बताइएको छ । भारतीय सुरक्षाकर्मीहरुले आफूहरुको विरोध गर्नेहरुमाथि छानी छानी कारवाही गरेको जनाइएको छ । रातको समयमा गस्ती गर्ने बहानामा स्थानीयलाई निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको जनाइएको छ । केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार नियन्त्रणमा लिएसँगै उक्त स्थानमा ठूलो संख्यामा भारतीय सुरक्षाफौज तैनाथ गरिएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको जम्मू कश्मीरलाई लिएर लामो समयदेखि भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ ।

_108549300_8c8c5bca-3674-4d16-af56-dbd0ae3a30a3