धरान: नेकपा १ नं प्रदेश कमिटी सदस्य अइन्द्रबिक्रम बेघा दुर्घटनामा परी घाइते भएका छन् ।

करिब १२ बजेको समयमा धरान १७ स्थित बीच घोपामा उनी दुर्घटनामा परेका हुन् । आफ्नै साइडमा गइरहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको थियो । घाइते बेघाका अनुसार रत्न चोकबाट रेल्वेतर्फ जादै गरेको ट्याक्टरले गलत साइडमा आएर ठक्कर दिएको थियो । गम्भीर चोटपटक नलागेपनि दुःखाई असाध्यै भइरहेको उनले बताए ।

accident- 1

घाइते बेघालाई तत्काल उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको प्रतिष्ठानस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार घाइते बेघाको खुट्टामा चोट लागेको छ भने जीउमा पनि सामान्य चोटपटक छ । 'उपचार भइरहेको छ, डाक्टरहरुले अवस्था खतरा छैन भनेका छन्,'प्रहरी जवान मणी गिरीले भने । ट्याक्टर चालक भने फरार भएको बताइएको छ ।

तस्बिर सहयोग: क्वान छाङ र महेश्वर राई

accidnt1