धरान: मानिसहरुको बचत गर्ने बानीलाई थप प्रोत्साहन तथा बचतको उचित प्रतिफल प्राप्त गर्न सकुन भन्ने उद्देश्यले एनआइसी एशिया बैंकले ३० नयाँ सुपर चमत्कारीक बचत निक्षेप योजना शुक्रबार सार्वजनिक गरेको छ ।

बैंकले २२ वर्ष पूरागरी २३ औं वर्ष प्रबेश गरेको अवसरमा देशभरका आफ्ना २ सय ९७ शाखाबाट एक साथ सुपर चमत्कारीक बचत निक्षेप योजना सार्बजनिक गरेको हो । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ बंैकले आफ्नो योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार सुपर चमत्कारीक बचत खाता, सुपर चमत्कारीक नारी बचत खाता, सुपर चमत्कारीक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारीक बाबु नानी खाता बचत खाता, सुपर चमत्कारीक विद्यार्थी बचत खाता, सुपर चमत्कारीक स्वरोजगार बचत खाता, सुपर चमत्कारीक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारीक उद्यमशिल बचत खाता र सुपर चमत्कारीक तलब बचत खाता योजना ल्याएको जनाएको छ ।

शुक्रबार विहान धरानमा गरिएको पत्रकार सम्मेलनमा देशभरका सबै शाखा कार्यालयहरुबाट एक साथ यो योजना सार्बजनिक गरिएको बैंकका धरान शाखा प्रमुख दिवाकर भट्टराईले बताए । उनले देशभरका कुनै पनि शाखाबाट यो सेवा लिन सकिने बताए । योजनामा बैकले आफु तथा आफ्नो परिवारको सुरक्षार्थ एक करोड ३० लाख ५० हजार रुपैयाँसम्मको विमा सुबिधा प्राप्त गर्न सकिने जनाइएको छ । जसको ग्राहकले एक लाख रुपैयाँको डाइमण्ड खाता खोल्नुपर्ने जनाइएको छ । योजनामा बैंकले तीन प्रकार खाता खोल्ने सुबिधा ग्राहकलाई उपलब्ध गराएको छ ।

बैंकका अनुसार खाता सिल्भर, गोल्ड र डाइमण्ड छ । सिल्भर खाता खोल्न एक हजार रुपैयाँ लाग्नेछ भने गोल्ड र डाइमण्ड खाता खोल्नको लागि २५ हजार र एक लाख रुपैयाँ लाग्ने छ । त्यही अनुसार सिल्भरमा ६० लाख, गोल्डमा ८० लाख र डाइमण्डमा एक करोड ३० लाख ५० हजार रुपैयाँ बैंकले बिमा गरिदिने जनाएको छ । यसैगरी, बैंकले बचतकर्ताका परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घटना वा पूर्ण अशक्तताका लागि एक करोडसम्मको बिमा सुविधा प्राप्त गर्ने छन् । त्यस्तै, दम्पती (श्रीमान–श्रीमती)को लागि २५ प्राण घातक रोगहरु लागेमा ३० लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध रहेको छ ।

यस्तै, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधि उपचार बिमा सुबिधा समेत उपलब्ध रहेको बैंकले जनाएको छ । साथै कर्जामा समेत विशेष छुट, घरैमा बैकिङ सुबिधा प्राप्त गर्न सकिने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेशन, निःशुल्क कलर सेवा, अनलाइन मुद्धती खाताको सुबिधा, निःशुल्क क्रेडिट कार्डको सुबिधा यस योजनामा समाबेश गरिएको जनाइएको छ । योजनामा ग्राहकले स्विप इन–स्विप आउटको सुबिधाबाट बचत खातामा मुद्धती खाताकै सुबिधाहरु प्राप्त गर्नेछन् । सुपर चमत्कारीक बचत योजना अन्तर्गत यस बैंक ग्राहकहरुले देशभरका कुनै पनि बैंक र बैंकका एटिएमबाट निःशुल्क रकम निकाल्न सक्ने जनाएको छ ।

बैंकको देशभर २ सय ९७ शाखा कार्यालय, ३ सय ४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गदै आएको छ । यस्तै, बैंकको देशभर १८ लाख ग्राहकहरु रहेका छन् । बैंकले देशका भौगोलिक विकट जिल्लाहरु मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता जिल्लाहरु र बैंकिङ सुबिधा नपुगेका ३४ भन्दा बढी स्थानीय तहहरुमा शाखा विस्तार गरी सेवा प्रबाह गदै आएको बैंङकले जनाएको छ ।