काठमाण्डौं : शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र ९नो–अब्जेक्सन लेटर० नदिने निर्णय गरेको थियो ।

नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा एसइई पढेर बाहिर जान नपाइने भन्दै त्यस्ता विद्यार्थीलाई अनुमित नदिने भनिएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रवक्ता महेश्वर शर्माले बताए । भाषा मात्र पढ्न जानलाई अनुमति पत्र नदिने भनिएपछि जापानका लागि नो अब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या घटेको छ । शिक्षा मन्त्रालयअन्तरगत वैदेशिक अनुमितपत्र शाखाका अनुसार २०७६ साउनमा जापान जान एनओसी लिन आउनेको संख्या २४८ मात्र छ । आव २०७५÷७६ जेठ २८ सम्म ८ हजार ३६ जनाले जापानका लागि एनओसी लिएका छन् तथा जेठ २८ देखि असार मसान्तसम्म ४८७ ले जापानका लागि एनओसी लिएका छन् । नागरिक दैनिकबाट