कुनै पनि प्रकारको कलेजो सुन्निने समस्या हेपाटाइटिस हो । यो स्थिति त्यतिमै सीमित हुन सक्छ । त्यस्तै, फाइब्रोसिस, सिरोसिस वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ । सुरुको अवस्थामा सुन्निने भए पनि संक्रमण बढ्दै जाँदा कलेजोको मांसपेशी नष्ट हुने भएकाले लिभर फाइब्रोसिस वा फ्याटी लिभर हुन सक्छ ।

प्रकार

१, भाइरस हेपाटाइटिसको सक्रमण हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारले हुन्छ । सबै संक्रमणका लक्षण, कारण र उपचार फरक–फरक हुन्छन् ।
२, अन्यको तुलनामा हेपाइटाइटिस बी बढी भयानक हुन्छ । यो एक किसिमको भाइरसका कारण हुने गर्छ । हेपाटाइटिस बीलाई सेरम हेपाटाइटिस पनि भनिन्छ ।

कारण

१, हेपाटाइटिस बी रगत, थुक, पिसाब, वीर्य वा शारीरिक सम्पर्कजस्ता कारण एक व्यक्तिबाट अर्कोमा फैलिन्छ ।
२, संक्रमित आमाबाट जन्मने शिशुमा समेत हेपाटाइटिस बी हुन सक्छ । ¥यालको माध्यमबाट पनि बच्चाहरूमा हेपाटाइटिस सर्न सक्ने सम्भावना रहन्छ ।
३, सिरिन्जको प्रयोग गर्दासमेत यो रोग फैलिन्छ । यो प्रायः लागुपदार्थ सेवनकर्तामा लागू हुन्छ । त्यस्तै, निर्मलीकरण नगरिएका कुनै पनि सामग्रीको प्रयोगबाट रोग फैलिने सम्भावना बढी रहन्छ ।

लक्षण

१, हेपटाइटिस बीको सुरुवाती अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ । रगत परीक्षणबाट यो रोग लागे÷नलागेको थाहा पाउन सकिन्छ । हेपाटाइटिस भएका व्यक्तिमा लिभर सिरोसिसको सम्भावना बढी हुने गर्छ ।

रोकथाम र उपचार

१, हेपाटाइटिस बी भाइरस कोषको डिएनएमा गएर बस्ने भएकाले यो पूर्ण रूपमा निको पार्न सकिँदैन । रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म औषधि सेवन गरिराख्नुपर्छ । हेपाटाइटिस बीले बिस्तारै कलेजोमा सिरोसिस र कलेजोको क्यान्सर गराउँछ ।
२, यो रोग लाग्नबाट बच्न हेपाटाइटिस बीविरुद्धको खोप लगाउनुपर्छ । त्यस्तै, स्वस्थ जीवनशैली अपनाउन सकेमा हेपाटाइटिसबाट बच्न सकिन्छ ।

डा. असरफ हुसेन, इन्टर्नल मेडिसन नेसनल मेडिकल कलेज, वीरगन्ज