झापाः झापामा आज भएको सवारी दुर्घटनामा परि एकजनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको मे ११ प ८९७७ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको सिमोन ट्राभल्स नामक यात्रु वाहक बसले पछाडिबाट ठक्कर दिदा सो दुर्घटना भएको हो । स्कुटरलाई ठक्कर दिने बस अनियन्त्रित भई सडकबाट तल खसेर पल्टिएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका १ स्थित जमुनखाडी चोकमा भएको सो दुर्घटना परि स्कुटरमा पछाडि सवार भद्रपुर नगरपालिका ९ बस्ने २८ वर्षीया सुजन पोखरेलको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीले जानकारी दिएका छन् । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।