काठमाडौं : हङकङमा जारी सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग गरेको छ ।

प्रदर्शनमा रोक लगाएपनि स्थानीयले बिरोध जारी राखेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, रबरका गोली र पानीको फोहोरा प्रयोग गरेर भीड तितरवितर पारेको थियो । विरोधका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि झडप भएको बिबिसीले जनाएको छ ।

हङकङमा पूर्ण लोकतान्त्रिक निर्वाचनमा चीनले रोक लगाएको पाँच वर्ष पुगेको सन्दर्भमा सर्वसाधारणले बिरोर्ध याली निकालेका हुन् । प्रदर्शनकाक्रममा सांसदहरुसहित लोकतन्त्रका समर्थकहरुलाई सुुरक्षाकर्मीले गिरफ्तार गरेका थिए । विगत लामो समयदेखि सुपुर्दगीसम्बन्धी विधेयकको विरोध गर्दै सर्वसाधारणले आन्दोलन गर्दै आएका छन् । आन्दोलन बढ्दै गएपछि सरकारले उक्त विधेयक फिर्ता लिएको थियो ।