भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

अलैँची गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा थुम्लुङ्गका ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार फोक्टेबाट भन्ने ठाउँबाट अलैँली गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा विष्टको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका विष्टको घर र्पुयाएपछि ज्यान गएको हो । पहिरोमा अन्य तीन जना सामान्य घाइते भएका छन् ।