झापा: झापाको मेचीनगर नगरपालिका ६ बाट आज बिहान राती साँढे ३ बजेको समयमा अन्दाजी २ लाख ५२ हजार रुपैयाँ बराबरको अबैध समान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको मोटर पार्टस, हार्डवेयरको समान तथा बिभिन्न किसिमको कपडा गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय मेची बुझाईने उक्त कार्यालयले जनाएको छ ।