पथरी ः मोरङको कानेपोखरीमा बर्डफ्ल्युको संक्रमण भेटिएपछी त्यहाँका पन्छी मार्ने काम थालिएको छ ।

कानेपोखरी ३ हरकपुरको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानिय कुखुरा र बट्टाइमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ का प्रमुख सुशील अधिकारीले जानकारी दिए । बिहिबार सो फर्ममा रहेका कुखुरा मरेपछी पशु प्रयोगशाला बिराटनगर र केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्ल्यु भएको पुष्टि गरेको थियो ।

रोगको संक्रमण भएको भन्दै सोमबार सो फर्ममा पालिएका २२२ पन्छी नष्ट गरिएको हो । सो फर्मका संचालन श्री प्रसाद मिश्रका अनुसार २ दिन अघि नै यश अघिनै २ सय भन्दा बडि पन्छी मरेका थिए । प्रमुख अधिकारीका अनुसार रोगको संक्रमण फैलिएको स्थानमा सिल गरीने भएको छ । सोमबार नै सो फर्ममा रहेको १५ क्विटेल कुखुराको दानाको कच्चा पर्दाथ र ४ मन दाना नस्ट गरिएको छ ।

तस्बिर: गुगल