धरान : केहि बर्ष अघि मदिराजन्य बस्तुमा प्रतिबन्ध लगाएको भारतको बिहार राज्य सरकारले पान मसला गुटखामाथि पनि प्रतिबन्ध लगाएको छ।

नितिश कुमार नेतृत्वको राज्य सरकारले १२ ब्रान्डका पान मसलाको उत्पादन, भण्डारण र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको हो। म्याग्नेसियम कार्बोनेटको मात्रा मिसिको पाइएपछि प्रतिबन्ध लगाइएको बिहार राज्य सरकारले प्रष्ट पारेको छ। बिहारको खाद्य सुरक्षा विभागले गरेको अध्ययनबाट मुटुमा असर गर्ने तत्व पाइएपछि प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो।

विभागले रजनीगन्ध, राजनिवास, सुपर्मिम,पानपराग, बिहार पान,बाहुबली, राजश्री,रेनुका, सिग्नेचर र कमला पान मसलामामा प्रतिबन्ध लगाएको हो। विहार सरकारले हालैमात्र सबै प्रकारका गुटखा उत्पादन, वितरण तथा भण्डारमा प्रतिबन्ध लगाइसकेको छ। यसअघि भारतकै दिल्ली राज्य सरकारले पनि मान मसला तथा गुट्खामा प्रतिबन्ध लगाएको थियो।