धरान: धरानमा चार दिने ‘यामाहा महामेला’ मंगलबारदेखि शुरु भएको छ ।

नेपालको लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज र धरानमा यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सको संयुक्त आयोजनामा महामेला आयोजना गरिएको हो । धरान १२ स्थित जि.एस.मार्केट अघिको खाली जग्गामा आयोजित महामेलाको एक कार्यक्रमबीच सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले उद्घाटन गरेका थिए । उनले यामाहा कम्पनीको बर्खरै बजारमा आएको ‘एमटी–५०’ स्पोर्टस बाइकको अनावरण गदै महामेलाको उद्घाटन गरेका थिए ।

yamaha3

महामेला भदौं २० गतेसम्म सञ्चालनमा रहनेछ । महामेलामा ग्राहवर्गलाई लक्षित गरी विभिन्न स्किमहरु ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका एरिया सेल्स मेनेजर रोबिन श्रेष्ठका अनुसार महामेलामा बाइक एक्सचेन्ज, पूरानो बाइकको उत्कृष्ट मुल्याङकन, नयाँ बाइक खरीदमा स्पट फाइनान्सको सुबिधा, फ्रि एसोसरिज, फ्रि चेक अप क्याम्पलगायतको सुबिधा दिइएको छ । धरानका विभिन्न रिकण्डिसनहरुले पुरानो बाइकहरुको मुल्याङकन गरिरहेका छन् ।

विभिन्न कम्पनीका पूरानो बाइक र स्कुटरको न्यूनतम मुल्यांकन ३० हजार रुपैयाँ निर्धारण गरिएको श्रेष्ठले बताए । जुनै कम्पनीको पनि कर नतिरेको पुरानो बाइक तर ब्लु बुक छ भने न्युनतम ३० हजार मुल्यांकन गरेर एक्सचेञ्ज गरिने उनले बताए । यस्तै, प्रत्येक बाइक खरीदमा न्यूनतम ७ हजारदेखी १ लाख रुपैयाँसम्म लक्की ड्रमार्फत छुट प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ । महामेलामा एक्सचेन्जमा आएका विभिन्न कम्पनीको सामान्य अवस्थाको बाइक र स्कुटरको बजार प्रचलित मुल्याङकन भन्दा १५ हजार रुपैयाँ थप गरिने जनाइएको छ ।

yamaha1

विजयपुर ट्रेडर्सका प्रबन्धक एबंम युवा व्यावसायी प्रभाव खतिवडाले ग्राहवर्गलाई लक्षित गरी धरानमा पहिलो पटक महामेलाको आयोजना गरिएको बताए । उनले दशैको अफर भन्दा पनि बढी स्किमहरु उपलब्ध रहेको र त्यो अवसर ग्राहकहरुले प्राप्त गर्ने विश्वास व्यक्त गरे । ‘हामीले दशैको अफर भन्दा बढी विभिन्न स्किमहरु ल्याएका छौं,’उनले भने,‘धरानमा पहिलो पटक महामेलाको आयोजना गरेका हौं ।’ महामेलामा निःशुल्क एसोसरिजहरुमा हेल्मेट, लेग गार्ड, बाइक कभर, रेनकोट र ब्याग पनि दिइने उनले बताए । महामेला अवधिमा २ सय वटा बाइक बिक्री हुने अनुमान गरिएको उनले बताए ।

आयोजकले महामेला आयोजनास्थलमा निःशुल्क मेहन्दी र नेल आर्ट पनि सुविधा उपलब्ध गराएको छ भने विजयपुर हस्पिटलसँगको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच पनि राखिएको छ । यस्तै, दैनिकरुपमा ४ बजेदेखि ६ बजेसम्म गरिमा डान्स सेन्टरको नृत्य प्रस्तुती रहने छ । महामेला उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं उवासंघका अध्यक्ष सापकोटाले यामाहाले ल्याएको अफरबाट सबैले लाभ लिनेमा विश्वास व्याक्त गरे । समारोहमा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले पनि महामेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।

yamaha2 yamaha4 yamaha5 yamaha6 yamaha7