सुनसरी: सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा उनलाई खुट्टामा सर्पले डसेको थियो । यादवलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । उपचारकै क्रममा बेलुका साँढे ५ बजे यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, सुनसरीकै हरिनगर गाउँपालिका १ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाईबाट मृत्यु भएको छ । मंगलवार राती सवा ९ बजे घर छेउमै उनलाई बिषालु सर्पले डसेको थियो । घाईते भएकी खातुनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएको थियो । अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।