काठमाडौं : अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम विस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् ।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ । केही समययता अफगानिस्तानसमेत दिल्ली दूतावासले हेर्ने गरेको छ ।

मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षा जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए । घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ । –कान्तिपुर दैनिकबाट