पथरी: मोरङ्गको कानेपोखरीमा वर्डफल्यु देखिएपछि सो क्षेत्रका कुखुरा तथा पंन्छी फर्ममा सिल गर्ने तयारी भएको छ ।

भेटरीनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ्गका प्रमुख सुशिल अधिकारीका अनुसार कानेपोखरी ३ मा पालिएका यसोधरा कृषी फर्मका कुखुरा तथा पंछिमा वर्ड फ्ल्युको जिवाणु भेटीएपछि सो फर्मको वरीपरिका फर्ममा समेत सरसफाइ कार्य गरिएको हो । साथै वुधवारवाट सो फर्ममा सिल गर्न तयारी गरिएको हो । वरीपरिका कुखुरा तथा पन्छिमा पनि वर्डफ्ल्युका आंशका भेटिए मार्ने र सोका लागी थप कार्य गरिने अधिकारीले जानकारी दिए ।