धरान: मंगलबारदेखी धरानमा शुरु भएको चार दिने ‘यामाहा महामेला’मा ४४ वटा मोटरसाइलक र स्कुटी बिक्री भएको छ ।

धरानमा पहिलो पटक आयोजना गरिएको यामाहाको महामेलामा २ दिनमा कम्पनीका विभिन्न ब्राण्डका ४४ वटा मोटरसाइकल र स्कुटी बिक्री भएको हो । नेपालका लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज र यामाहा कम्पनी धरानको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सको संयुक्त रुपमा छाताचोकस्थित जिएसमार्केट अगाडी महामेला आयोजना गरिएको छ । महामेलामा आज दिउँसोसम्म कम्पनीका विभिन्न ब्राण्डका मोटरसाइलक र स्कुटर ४४ वटा विक्री भएको विजयपुर ट्रेडर्सका प्रबन्धक एबंम युवा व्यावसायी प्रभाब खतिवडाले बताए । ‘धरानमा पहिलो पटक महामेला आयोजना गर्न पाउदा धेरै उत्साहित छौं’उनले भने ‘कम्पनीका विभिन्न ब्राण्डका बाइक र स्कुटी हिजो उद्घाटनमा २४ वटा र आज २ बजेसम्म २० वटा बिक्री भएको छ ।’

yamaha4

भदौं २० गतेसम्म धरानका विभिन्न मोटरसाइकल रिकण्डिसनहरुले विभिन्न कम्पनीका दुईचक्के सवारीको भ्याल्लुयसन गरिरहेको उनको भनाइ थियो । महामेलामा बाइक एक्सचेन्ज, पूरानो बाइकको उत्कृष्ट मूल्याङकन, नयाँ बाइक खरिदमा स्पट फाइनान्सको सुबिधा, फ्रि एसोसरिज, फ्रि चेक अप क्याम्पलगायतको सुबिधा दिइएको छ । विभिन्न कम्पनीका पूरानो बाइक र स्कुटरको न्यूनतम भ्याल्लुयसन ३० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । प्रत्येक बाइक खरिदमा न्यूनतम ७ हजारदेखी १ लाख रुपैयाँसम्म लक्की ड्रमार्फत छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । महामेलामा विजयपुर हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण, मेहन्दी र नेल आर्टको सुविधासहित प्रत्येक दिन विभिन्न गीत तथा नृत्यहरुले मनोरञ्जन प्रदान गरिदै छ ।