धरान: धरानमा बजाज एक्सचेञ्ज महामेला यही भदौंको तेस्रो सातादेखी हुने भएको छ ।

बजाज मोटसाइलकको धरानका लागि आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रोदर्श अटोले भदौं २२ गतेदेखी २७ गतेसम्म ६ दिन बजाज एक्सचेञ्ज महामेलाको आयोजना गर्ने भएको हो । धरान–८ स्थित धरान सभागृह परिसरमा महामेला आयोजना गरिने बुधबार धरानको होटल सन्ध्या इन गरिएको पत्रकार सम्मेलनमा जनाइयो । ६ दिनसम्म सञ्चालन हुने महामेलामा जस्तो सुकै अवस्थामा रहेको कुनै पनि ब्राण्डको मोटरसाइकल वा स्कुटरको न्यूनतम ३० हजार रुपैयाँ मुल्याङकन गरिने अटोका सञ्चालक एबंम युवा व्यावसायी अर्बिन तामाङले बताए । ती साधनको विलबुक भने अनिबार्य लिएर आउनेपर्ने छ ।

यसैगरी, बजाज मोटरसाइकलको चाडबाड लक्षित ‘भबिष्यवाणी अफर’ अन्तर्गत मेलामा नयाँ मोटरसाइकल खरिदमा दुई पटक लक्की ड्रमार्फत २ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सकिने जनाइएको छ । मोटरसाइलक खरिद गर्नु अगाडी अधिकतम १ लाख रुपैयाँसम्म र खरिद पछि पनि अधिकतम १ लाख रुपैयाँसम्म लक्की ड्रमार्फत नगद छुट प्राप्त गर्न सकिने अटोका सञ्चालक तामाङले बताए । महामेलामा धरानका विभिन्न रिकण्डिसनहरुले मोटरसाइकलको उचित मुल्यांकन गर्ने छन् । एक्सचेञ्जमा आएका कुनै पनि ब्राण्डको मोटरसाइलक वा स्कुटरको बजार प्रचलित मुल्याङकनमा थप १५ हजार रुपैयाँ दिइने जनाइएको छ ।

4-2 1

महामेलामा नयाँ मोटरसाइकल खरिदमा बाइक कभर, हेल्मेट, ल्यापटप ब्याग, मोटरसाइलको लेगगार्ड निःशुल्क प्रदान गरिने अटोले जनाएको छ । त्यस्तै, महामेलामा फाइनान्स र इन्स्युरेन्सको सुबिधा महामेलास्थलमा नै दिइने जनाइएको छ । महामेला अवधिभर करिब ३ सय ५० बढी बजाजका विभिन्न ब्राण्डका मोटरसाइकल विक्री गर्ने लक्ष्य रहेको सञ्चालक तामाङले बताए । बजाजका पल्सर १५० सिसि, पल्सर २०० एनएस, पल्सर २२० लगायतका १४ वटा ब्राण्डका मोटरसाइकलहरु महामेलामा राखिने जनाइएको छ । अटोले गत बैशाख ८ गतेदेखी १३ गतेसम्म धरानको सभागृहमा बजाज महामेलाको आयोजना गरेको थियो । त्यसबेला ३ सय १ वटा बजाजको विभिन्न ब्राण्डका मोटरसाइकलहरु बिक्री भएको थियो । तस्बिर स्रोत: लक्ष्मण थापा(हाम्रोकोशी आवाज)