विराटनगर: जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान अनिष कार्की र मिलन बिष्ट साउन महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट उनीहरुलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रदेश प्रही कार्यालयल प्रत्येक महिना सम्पादित कार्यको मुल्यांकन गर्दै मनोवल उच्च बनाउनको लागि सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । प्रदेश प्रहरीका अनुसार व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठरुपमा रहेर जवरजस्ती करणी, लागुऔषध तथा हातहतियार मुद्दाहरुमा फरार रहेका अभियुक्तलाई पक्राउ गर्न प्रभावकारी रुपमा काम गरेको भन्दै उनीहरुलाई बेष्ट पुलिस अफ दि मन्थ घोषित गरिएको जनाएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।