झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा व्यवसायीहरुको निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन हाबी भएको छ ।

ब्यबसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघ दमकको आज बिहान मात्रै सम्पन्न पदाधिकारीको मतगणनामा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले दबदबा बनाएको हो । सुक्रबार सम्पन्न मतदानको मतगणना हिजो बिहान साढे ११ बजेबाट सुरु गरिएको थियो ।
अन्तिम मत परिणम अनुसार संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट नेपाली कांग्रेस निकट अध्यक्ष पदका उमेदवार गोकुल श्रेष्ठले १ हजार ४ सय ११ मत प्राप्त गरि अध्यक्ष पदमा विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्र्धी नेकपा निकट प्रगतिशिलका तर्फबाट अध्यक्षका उमेदवार विमल खतिवडाले ९ सय १६ मत प्राप्त गरे । यसैगरी बरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका प्यानलका उम्मेद्वार देवी प्रसाद गुरागाईले १ हजार २ सय ७६ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम् प्रतिस्पर्धी संयूक्त लोकतान्त्रिकका उम्मेद्वार सहदेव आचार्यले १ हजार १४ मात्र प्राप्त गरे ।

यसै गरि प्रथम उपाध्यक्षमा संयूक्त लोकतान्त्रीकका उम्मेद्वार राजु खड्का बिजयी भएको छ । उनले १ हजार २ सय ९ मत ल्याएर विजयी भएको हो भने उनका निकटतम् प्रतिद्धन्दी प्रगतिशिलका उम्मेद्वार युवराज घिमिरेले १ हजार ७३ मत मत्र प्राप्त गरे ।

यस्तै द्धितिय उपाध्यक्षमा संयूक्त लोकतान्त्रीकका राजकुमार योङयाले १ हजार १२ मत ल्याएर बिजयी भए । उनका निकटतम् प्रतिद्धन्दी प्रगतिशिलिका प्यानलका उम्मेद्वार घनश्याम खनालले ९ सय ६ मत मात्र प्राप्त गरे । त्यसै गरि स्वतन्त्रबाट दितिय उपाध्यक्षमा उम्मेद्वारी दिएका टिका प्रसाईले ३ सय ५५ मत प्राप्त गरे । र तृतिय उपाध्यक्षमा पनि संयूक्त लोकतान्त्रीककै उम्मेद्वार रमा लिम्बु बिजयी हुनु भएको छ । उनले १ हजार २ सय २ मत ल्याएर बिजयी भएको हो भने उनका निकटतम प्रतिस्पर्धी ज्ञाननाथ पैडेलले १ हजार ६१ मत पाए । बाणिज्य संघ दमकमा २ हजार ६ सय ८० मत दाता मध्ये २ हजार ३ सय ६० मतदाताले मात्र मतदान गरेका थिए । यस्तै अन्य पदमा भो मिश्रित नतिजा आएको छ ।

बिजयी भए लगत्तै कपुरी न्यूजलाई संक्षिप्त प्रतिक्रिया दिदै बिजयी भएका श्रेष्ठले यो बिजय आफ्नो मात्र नभएर सम्पूर्ण व्यवसायीकै भएको बताउनुभयो । उहाले आफ्नो कार्यकालमा हाम्रो दमक राम्रो दमकको नारालाई सार्थक बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रधानमन्त्रीको गृहनगर भएकालेपनि दमक उद्योग वाणिज्य संघको निर्वाचनको चौतर्फी चर्चा थियो । यस अघिको निर्वाचनमा पनि तत्कालिन नेकपा एमालेका उम्मेद्वार गणेश बस्नेत आफ्नै पार्टीका बागी उम्मेद्वार राजेन्द्र ढकालसँग पराजित भएका थिए । १५ बर्ष यतादेखी व्यवसायीको निर्वाचनमा तत्कालिन एमाले र हालको नेकपालाई अध्यक्षको कुर्सीमा बस्ने मौका मिल्न सकेको छैन ।