धरान : नेपाली कांग्रेस धरान नगर समितिको धरानमा वृहत नगरसभा हुँदैछ । धरान नगर समितिको वृहत नगरसभा यही भदौ २५, २६ र २७ गते हुने भएको हो ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रिय नेताहरु विजयकुमार गच्छादार, ज्ञानेन्द्र बहादुर कार्की लगायतको उपस्थिति हुने धरान नगरका सभापति तिलक राईले जानकारी दिए । भदौ २५ गते धरानको लोकतान्त्रिक चौतारी भानुचोकमा खुल्ला आमसभा हुने भएको छ ।

नगर सभापति राईका अनुसार २५ गते खुल्ला आमसभाको उद्घाटन केन्द्रिय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । २६ र २७ गते धरान ८ स्थित सभागृह हलमा बन्दशस्त्र कार्यक्रम रहेको सभापति राईले बताए । केन्द्रिय सभापनि शेरबहादुर देउवा लगायत केन्द्रिय नेताहरुसँग समसामयिक विषयमा छलफल हुने पनि राईले बताए । सभापति राई भने, “धरानमा चुनाव पनि नजिकदै गरेको अवस्थामा यो वृहत नगरसभा फलदायी हुने अपेक्षा गरेका छौ ।” २६ र २७ गते दुईदिने बन्दशस्त्रमा धरानमा रहेको २० वटै वडाका वडा निर्वाचित प्रतिनिधि, सभापति, पदाधिरी तथा मतदान केन्द्रका पदाधिकारीको उपस्थितिमा छलफल गरेर जाने नगर सभापति राईले बताए ।

नेपाली कांग्रेस नगर समिति धरानले बन्दशस्त्र सकेर धरान घोषणापत्र पनि जारी गर्ने जनाएको छ ।