झापा : झापाका बिभिन्न स्थानमा गएराति बम बिष्फोट भएको छ । झापाको गौरादह नगरपालिका परिसरमा गएराति साढे १२ बजे बम बिष्फोट भएको छ ।

बिष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने बा झ २ २५७० नम्बरको गाडी पूर्ण रुपमा क्षती भएको गौरादह नगरपालिकाका कर्मचारी रामजी दाहालले जानकारी दिए । अहिले प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा राखेको छ भने केहि संकास्पद बस्तु हुन सक्ने आशंकामा सेनाको बम डिस्पोजल टोली बगाईएको गौरादह प्रहरीले जनाएको छ । यस्तै झापाकै बिर्तामोडस्थित साहारा नेपालको कार्यालयमा समेत बम बिष्फोट भएको खबर प्राप्त भएको छ ।