इटहरी : नेपाल कम्युनिष्ट पार्टी नेकपा इटहरीमा चरम असन्तुष्टी बढेको छ । गत भदौ १२ गते नेकपा इटहरीमा तालाबन्दी लगाएको अझैसम्म कायमै रहेको छ ।

मनोमानी ढंगले पार्टी्भित्र आफ्नो मान्छे हालेका छन्, तत्कालिन एमालेका इटहरी ५ अध्यक्ष बिरेन्द्र गौतमले भने, पार्टीमा योगदान गर्ने मानिस अगाडि आउँनु पर्छ, यसलाई पुर्न्विचार र पुनः संशोधन गर्नुपर्छ । उनले पार्टी भित्रको असन्तुष्टिलाई बेवास्ता गरिएको भन्दै आँफूहरुले ५३७ जनाको हस्ताक्षर सहित नगर अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएको बताए । प्रदेशका मुख्यमन्त्री शेरधन राई देखि पार्टी अध्यक्ष र प्रधानमन्त्री सम्मलाई बोधार्थ दिइएको ज्ञापन पत्रमा पार्टीको रोलक्रम मिचेर मनोनित गरिएका नगर सचिवलाई तत्काल पदबाट हटाई, योग्य र अग्रजलाई सचिवमा नियुक्त गर्नुपर्ने, २५ प्रतिसत युवाहरुलाई नगर सचिवालय र कार्यालय सदस्यमा राख्नुपर्ने, पार्टी कार्यकर्ता र नेताबीचको तिक्तलाई अन्त्य गर्नुपर्ने, कुनैपनि कमिटि गठन गर्दा बिधानलाई ध्यान दिनुपर्ने जस्ता कुरा उल्लेख गरिएको छ ।
इटहरीमा पत्रकार भेटघाटमा तत्कालिन नेकपा एमाले वडा नं. ४ का उप सचिव सुनिल कार्कीले आँफूहरुले नगर अध्यक्षलाई ज्ञापन पत्र बुझाएको भएपनि वेवास्ता गरेको बताए । उनले भने, “पार्टी एकीकरण भएपछि झन् मजबुत भएर जानुपर्ने भएपनि योग्य मानिस कार्यसमितिमा नहुँदा हामी थप आन्दोलन गर्न पनि पछि हट्दैनौँ ।” कार्कीका अनुसार युवाहरु र अग्रजमा अन्याय भएको बताउँदै कुनै नेताले उक्साएको भरमा आँफू आन्दोलनमा उत्रिएको नभई स्वस्फूर्त रुपमा आँफूहरु आन्दोलनमा आएको बताए । बिधि मिचियो भने यहाँ बिद्रोह हुन्छ, यहाँ बिधि मिचिएको छ, उनले भने । यसैबीच नगर कार्यसमितिको सोमबार बसेको बैठकले कुनै निश्कर्ष निकालेको छैन ।

0 5