पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले युरो छनोटमा सर्वा्धिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

युरोपियन च्याम्पियनसिपमा लिथुवानिया विरुद्धको खेलमा चार गोल गरेका रोनाल्डो सर्वा्धिक गोल गर्ने खेलाडी बनेका छन् । उनले युरो कप छनोटमा २५ गोल संख्या र्पुयाएका छ । उनले रोबी कियनको यसअघिको २३ गोलको संख्यालाई पछि पारेका हुन् ।

आयरल्याण्डका रोबीले यसअघि यो रेकर्ड बनाएका हुन् । रोबीले ट्विट गर्दै रोनाल्डोले अब रेकर्ड बनाउन बन्द गर्नुपर्ने भन्दै ठट्टा गरेका छन् । युरोपियन प्रतियोगितामा रोनाल्डोको यो आठौं ह्याट्रिक थियो ।