धरान: बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्स अटोले आयोजना गरिरहेको एक्सचेञ्ज महामेलामा एक खरीदकर्ताले १ लाख १ हजारको स्क्र्याच कुपन जितेका छन् ।

धरान ८ स्थित सभागृहमा आयोजना भइरहेको महामेलामा धरान ५ देवीगाउँका बुद्धिमान विश्वकर्माले कुपन स्क्र्याच गर्दा १ लाख १ हजार पुरस्कार जितेका हुन् । धरानमा आयोजना भएको एक्सचेञ्च मेलाहरुमा स्क्र्याच कुपनमार्फत यति ठुलो पुरस्कार जित्ने उनी पहिलो ग्राहक हुन् । विश्वकर्माले महामेलामा बजाज कम्पनीको १५० सिसिको सिडि मोडलको पल्सर मोटरसाइकल खरीद गरेका थिए । महामेलामा ग्राहकलाई २ पटक कुपन स्क्रयाच गर्ने मौका दिइन्छ ।

अर्बिन एण्ड ब्रदर्श अटोका प्रोपाइटर अर्बिन तामाङका अनुसार भविष्यवाणी अफर भएकोले ग्राहकले मोटरसाइकल खरीद गर्नुअघि र खरीद गरिसकेपछि २ पटक कुपन स्क्र्याच गर्न पाउछन् । ग्राहक विश्वकर्माले मोटरसाइकल खरीद गर्नुअघि कुपन स्क्रयाच गर्दा १ लाख रुपैया परेको थियो भने खरीद गरिसकेपछि अर्को कुपन स्क्रयाच गर्दा १ हजार पुरस्कार परेको थियो । ‘हामीले उहाँलाई क्यास नै दियौं, र उहाँले पनि मोटरसाइकल खरीद गरेर गइसक्नुभयो,’अर्बिनले भने ।

bajaj-scrachz

विश्वकर्माले खरीद गरेको मोटरसाइकलको मुल्य २ लाख ६४ हजार ९ सय रुपैया पर्छ । उनले स्क्रयाच वापत पाएको १ लाख १ हजार रुपैया तत्काल घटाएर नयाँ मोटरसाइकल खरीद गर्न पाए । ‘म त असाध्यै खुशी छुँ,अहिलेसम्म धरानमा यस्तो परेको थिएनछ,’उनले भने,‘बाइकमा क्यास छुट भयो । म त खुशी हुने नै भए, घरमा परिवारहरु पनि सबै खुशी छन् ।’

धरान सभागृहमा भदौ २२ गतेदेखि बजाजको एक्सचेञ्ज महामेला आयोजना भइरहेको छ । महामेला अझै २ दिन(शुक्रबार)सम्म हुनेछ । महामेलाको ४ दिनसम्म १८३ वटा मोटरसाइकल बिक्री भइसकेको सञ्चालक तामाङले बताए । ‘हाम्रो लक्ष्य ३ सय वटा हो, अझै २ दिन बाँकी छ, लक्ष्य पुरा गछौं,’उनले भने ।