धरान: धरानमा भइरहेको प्रथम टुबोर्ग अन्तर क्बल स्तरीय फुटबल प्रतियोगितामा धरानको सञ्जीवनी केन्द्र विजयी भएको छ ।

सञ्जीवनी केन्द्रले आयोजक शिलनशिल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि सञ्जीवनीले टाइब्रेकरमा जित हासिल गरेको थियो । सञ्जीवनीका लागी प्रविन विक र सुजल विकले गोल गरेका थिए भने शिलनशिलका तर्फबाट सुरज खकुरेलले दुवै गोल गरेका थिए ।

टाइब्रेकरमा सञ्जीवनकीका लागी महेन्द्र राउत र प्रविन भूजेलले गोल गरे भने सुरज खकुरेल र अजय राजधामीले गोल गर्न सकेनन् । त्यस्तै गरी सञ्जीवनीका लागी प्रविन विक, सुसन बराइली, खुशिमान लिम्बू र आयुष कार्कीले गोल गरे । खेलको म्यान अफ द म्याच सञ्जीवनीका गोल किपर खुसीमान लिम्बू घोषित भएका थिए । बिहीबारको खेल आयोजक निलो र फनडे फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।