धरान : धरानमा आज (विहीबार) अष्ट्रेलिया एजुकेशन फेयर २०१९ हुँदै छ । धरान १२ महेन्द्र पथमा रहेको नियो एजुकेशन अर्गनाइजेशन प्रा.लि.को आयोजनामा हुने उक्त शैक्षिक मेलामा अष्ट्रेलियाका ३ वटा युनिभर्सिटीका प्रतिनिधिहरूबाट प्रत्यक्ष रूपमा अष्ट्रेलियाको शिक्षाको विषयमा जानकारी लिन सकिने बताइएको छ ।

शैक्षिक मेला धरानमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । शैक्षिक मेलामा करीब ५ सय जना विद्यार्थीहरूको सहभागिता रहने अनुमान गरिएको छ ।

विगतको समयमा युनिक्याम्पससंग सहकार्य गरेर अघि बढिरहेको नियो एजुकेशन अर्गनाइजेशनको सन् २०१८ मा सम्झौता समाप्त भएपछि हाल नेपकम्स एजुकेशनसंग सहकार्य गरेर काम गरीरहेको नियो एजुकेशन अर्गनाइजेशनका अध्यक्ष गौरब शाक्यले बताए । उनले नेपकम्स एजुकेशनको मुख्य कार्यलय नै अष्ट्रेलियामा भएकोले अष्ट्रेलियामा शिक्षा लिइरहँदा कुनैपनि समस्या भएमा मुख्य कार्यलयबाट नै सेवा लिन सहज रहेको बताए ।
हालसम्म नियो एजुकेशन अर्गनाइजेसनले ५ सय जनाभन्दा बढी विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको लागि पठाइसकेको अध्यक्ष शाक्यले जानकारी गराए ।