धरान: धरानको चन्द्र सँस्कृत स्कुलको खेल मैदानमा भइरहेको प्रथम टुबोर्ग अन्तर क्लब स्तरीय फुटबल प्रतियोगितामा आयोजक शिलनशिल युथ क्लब विजयी भएको छ ।

आयोजक शिलनशिल युथ क्लबले फन्डे फुटबल टिमलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आयोजकका लागी सुमन तामाङ र अनुप सुनामले २/२ गोल गरेका थिए । उता फन्डेका लागी सान्त्वना गोल मिडास लिम्बूले गरेका थिए । आयोजक टिम प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच आयोजकका सुमन तामाङ घोषित भए । शुक्रबार धरानको आदर्श कलेज र चौकिडाडा फुटबल टिमबीच हुने आयोजक क्लबका अध्यक्ष प्रभाकर भट्टराईले बताए ।

प्रतियोगिताको विजेताले नगद २० हजार र दोस्रो हुनेले नगद १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई टुबोर्ग बियरले प्रायोजन गरेको छ भने जनता पेन्टस्, सुनसरी टेक्निकल कलेज धरान र आदर्श स्कुल धरानले सहप्रायोजन गरेको छ ।