काठमाडौं : शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी तोलामा भने ८७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावालमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

बिहिबार छापावाल सुन प्रतितोला ७० हजार ८ सयमा र तेजाबी सुन ७० हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी ८७५ रुपैयाँमा कारोबार भएको थियो ।