इटहरी: नेपालमै पहिलोपटक इटहरीमा साउण्ड एक्सपो हुने भएको छ ।

यहि भदौ २९, ३० र ३१ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा साउण्ड एक्स्पो हुन लागेको एक पत्रकार सम्मेलन गरी मेची कोशी साउण्ड सिष्टम व्यवसायी संघले जानकारी दिएको हो । संघका अध्यक्ष बिनोद कठेतका अनुसार देशमै पहिलोपटक इटहरीमा साउण्ड एक्स्पो हुन लागेको हो । नयाँ प्रबिधि सहितको जानकारी मुलक एक्स्पोको आयोजना हुने उनले बताए ।

लामो समयदेखि साउण्ड सिष्टम व्यवसाय गर्दै आएका राजकुमार कार्कीले व्यवसायीहरुलाई तीन दिने निःशुल्क परामर्श समेत गरिने बताए । प्रदेश १ मा ५ सय बढी साउण्ड सिष्टम व्यवसायी रहेको बताउँदै उनले यसलाई अझै उत्प्रेरीत गर्न कार्यक्रमको आयोजना गरिएको बताए । २०७० सालमा स्थापना भएको संघले प्रदेश १ का सबै व्यवसायीहरुलाई समेटेर एक्स्पो आयोजना गर्न लागेको जनाएको छ ।