धरान: धरानमा भइरहेको यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा मोरङका दुवै एकेडेमी विजयी भएका छन् ।

धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा विराटनगर फुटबल एकेडेमीले धनकुटाको मार्गदेवी युवा क्लब धनकुटालाई १०–१ गोल अन्तरले पराजित ग¥यो भने एम्ब्रीय क्लब एकेडेमी मोरङले न्यू स्टार एकेडेमी भरौललाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।

विराटनगर फुटबल एकेडेमीका तर्फबाट प्रवेश थापा मगर एक्लैले ४ गोल गरे भने मनोज पोखरेल, सोयम प्रधान र कुनाल मरिकले २-२ गोल गरेका थिए । धनकुटाका लागी जियस श्रेष्ठले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विराटनगरका प्रवेश थापा मगर घोषित भए । विराटनगर सेमि फाइनलमा प्रवेश गरेको छ ।

शनिबार नै भएको दोस्रो खेलमा एम्ब्रीय क्लब एकेडेमी विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । एम्ब्रीयका लागी कमल थापा मगर र शुभम थापाले समान २-२ गोल गरे भने रौरम धामीले एक गोल गरे । उता न्यू स्टार एकेडेमीका सिमन राईले सान्त्वना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच एम्ब्रीयका कमल थापा मगर घोषीत भए ।

आइतबारको पहिलो खेल एन्फा एकेडेमी धरान र उदयपुर जिल्ला फुटबल टिमबीच हुनेछ भने दो्रस्रो खेल धरान फुटबल क्लब एकेडेमी र महेन्द्र फुटबल एकेडेमी दुहबीबीच खेल हुनेछ । प्रतियोगितामा १० वटा फुटबल एकेडेमी टिमले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद पुरस्कार जित्नेछन् ।