झापा: दमकस्थित जेसिस चोकमा यमनाथ सुबेदीले आफ्नो मे ३ प ११५७ नम्बरको मोटरसाईकल पार्किङ्ग गरेका थिए । सोही स्थानमा एकजना चिकित्सकको बा ९ च ८९८१ नम्बरको कार पनि पार्किङ्ग गरिएको थियो ।

जब ति सवारी धनी आफुले पार्किङ्ग गरेर राखेको सवारी भएको स्थानमा पुगे, उनीहर झसङ्ग भए । उनीहरुको सवारी साधनको चक्कामा ह्विवल लक भएको थियो । झापाको दमकस्थित जेसिस चोकको घटना हो यो । शनिबार दिउँसो ट्राफिक प्रहरीले यसरी सडकमै अव्यवस्थित तबरले पार्किङ्ग गरेर राखिएका सवारीका साधनका चक्का ह्विल लक लगायो । यो स्थानमा अधिक मात्रामा फार्मेसी सञ्चालनमा छन् । ती फार्मेसी सञ्चालकहरुले आफ्नो फार्मेसीमा आउने सेवाग्राहीलाई मात्र होइन, चिकित्सकको लागि पनि पार्किङ्गको व्यवस्था गरेका छैनन् ।

ट्राफिक प्रहरीले पटक पटक सम्झाई बुझाई नगरेको पनि होईन तर समस्या बिसको उन्नाईस नभएपछि बाध्य भएर आफुहरुले ह्विल लक लगाएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्मा बताउछन् । “हामीले धेरै पटक अनुरोध गर्यौ तर केही पार नलागेपछि यसो गर्न बाध्य भयौं,”ट्राफिक प्रमुख शर्माले भने ।

trafic-wheel

सडक नै ढाक्ने गरि सवारीसाधन पार्किङ्ग गरेर राख्ने र पैदल यात्रु देखी अन्य सवारी सञ्चालनमा समस्या आएको व्यापक जनगुनासो आएपछि दमक ट्राफिकले एक्सन लिएको शर्माले बताए । अरु दिन भन्दापनि शनिबार धेरै चाप हुने यो क्षेत्रमा आफुले एकजना ट्राफिकलाई नियमित खटाउने समेत शर्माले बताए । अधिक फार्मेसी हुनु र ती फार्मेसीमा बाहिर जिल्लाबाट चिकित्सकहरु आउने भएकाले सर्बसाधारणको भिड लाग्ने गरेको छ ।

दमकमा अव्यवस्थित पार्किङ्गका कारण शहर कुरुप मात्रै हैन दुर्घटनाको जोखिम समेत उत्तिकै छ । यसैलाई मध्यनजर गर्दै ह्विल लकको अभियान अन्य स्थानहरुमा पनि सञ्चालन गरिने दमक ट्राफिकले जनाएको छ । पहिलो पटक यस्तो कार्बाहीमा परेकाहरुलाई न्यूनतम जरिवाना गराईने र यस्तै प्रकृत्ति पुनः दोहोर्याए कडा कार्बाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीले जानकारी दिए । झापा ट्राफिक प्रमुख अधिकारीका अनुसार ह्विल लक अभियान झापाका अन्य शहरहरुमा पनि सञ्चालन भईरहेको छ । दमकमा भने सवारी साधनमा ह्विल लक लगाईएको भने यो पहिले पटक हो ।

trafic-wheel1