धरान: आगामी मंसिर १४ गते धरानमा रिक्त रहेको मेयर र वडा नं ७ को अध्यक्ष पदको लागि उपनिर्वाचत हुदैछ ।

उपनिर्वाचन गराउने तयारीमा जुटेको निर्वाचन कार्यालयले असोज १ गतेदेखि ५ गतेसम्म मतदाता नामावलमा भएको त्रुटी सच्याउन धरानका मतदाताहरुलाई आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार उपनिर्वाचन हुने धरानमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमअन्र्तगत मतदाताहरुलाई नामावलीमा भएको त्रुटी सच्याउने अवसर दिइएको हो । यसको लागि धरानको २० वटै वडा कार्यालयमा व्यवस्थापन गरिएको कार्यालयका प्रमुख मनोज कुमार पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार कार्यालयले असोज १० गतेभित्र केन्द्रीय कार्यालयमा अद्यावधिक भएको मतदाता नामावलीको प्रतिवेदन पठाउनु पर्नेछ । त्यसैले असोज १ गतेदेखि ५ गतेसम्म नामावलीमा भएको त्रुटी सच्याउन सम्बन्धित वडामा गएर निवेदन दिन सर्वसाधारण मतदाताहरुलाई आग्रह गरिएको उनले बताए । ‘धरानमा मेयर र वडा ७ को अध्यक्षको लागि उपनिर्वाचन हुदैछ, त्यसैले दर्ता भइसकेको मतदाता नामावलीमा कुनै त्रुटी छ भने त्यसलाई सच्याउन वडा कार्यालयमा गएर निवेदन दिनुपर्नेछ,’उनले भने,‘हामीले धरानको सबै वडा कार्यालयमा त्यसको लागि व्यवस्था गरिसकेका छौं ।’

असोज ५ गतेसम्म त्रुटी सच्याउन आएको निवेदनबारे ६ गते अद्यावधिक गर्ने र १० गते प्रतिवेदन निर्वाचन आयोगमा पठाउने प्रमुख पोखरेलले बताए । धरानसहित देशभरका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त भएको पदमा मंसिर १४ गते उपनिर्वाचत हुदैछ ।

elction1