धरान : धरान उपमहानगरपालिका ४ निशाने खोला क्षेत्रमा अविरल वर्षाका कारण पहिरो गएको छ । पहिरोका कारण एक घर पुरिएको छ ।

आज राती आएको पानीले निशाने खोला क्षेत्रमा एक घर बगाएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा अन्य घरहरु पनि जोखिममा रहेका छन् । घटनापछि प्रहरी घटनास्थलमा पुगेको छ ।
थप विवरण आउँन बाँकी रहेको छ । -फायल फोटो