धरान  संखुवासभाको सदरमुकाम खाँदबारीबाट विरामी बोकेर धरानतर्फ आउँदै गरेको एउटा जीप गएराति अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् ।

संखुवासभा नगरपालिका ९ का संगम श्रेष्ठको ३ वर्षिय छोरा विरामी भएर उपचारका लागि धरान ल्याउने क्रममा जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट चिज अरुण नदीमा खसेर वेपता भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरी निरिक्षक राजेश राईका अनुसार को १ ज ३७४९ नम्बरको बोलेर जीप सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो । बेपता हुनेमा जिपमा सवार एकै परिवारका संगम राई उनकी श्रीमती र ३ वर्षिय छोरा रहेको ट्राफिक प्रहरी निरिक्षक राई बताए । त्यसैगरी चालक सन्तोष विक बेपता भएका छन अन्य बाँकी दुई जनाको परिचय खुल्न नसकेको ट्राफिक प्रहरी निरिक्षक राईले बताए ।

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएको थियो । तर केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्दारमा समस्या भएको बताइएको छ । बेपता हुनेहरुको खोजी कार्यमा बिहानैबाट प्रहरी जुटेको बताइएको छ ।