इलाम: निर्माण सम्पन्न भएको आठ वर्ष बितिसक्दा पनि कोल्डस्टोर सञ्चालनमा नआएपछि इलामवासीले बेमौसमी तरकारी र फलफूल उपभोग गर्न पाएका छैनन् ।

इलाम सदरमुकाममा निर्माण भएको ८ बर्ष बितिसक्दा पनि शित भण्डार सञ्चालनमा आउन सकेको छैन । भारतीय दूतावासको सहयोगमा ६ करोड रुपैया खर्चेर यो शित भण्डार बनाइएको थियो । लामो समयसम्म सञ्चालन नहुदा नगरपालिकालाई आर्थिक भार बढ्दै गएको छ । इलाम नगरपालिका ९ शेरामा बनेको शितभण्डारमा जडान गरिएका महंगा र महत्वपूर्ण उपकरण प्रयोग नै नगरी बिग्रने अवस्थामा पुगेको छ । यो कोल्डस्टोर दुई हजार मेट्रिक टन क्षमताको छ । कोल्डस्टोर सञ्चालनमा नआउदा यहा“ उत्पादन हुने किवी, आलु टमटर सहितका फलफूल, साग सब्जी लगायतले उचित बजार पाउन सकेको छैन ।

तत्कालिन नेपाली कांग्रेसको पालामा शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला तत्कालिन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शिलान्यास गरेका थिए । त्यसपछि फेरी नेपाल भारत मैत्री शितभण्डार निर्माण गर्नै भनेर अर्को पटक पनि गरिएको थियो । शितभण्डार निर्माण सकिएपछि विद्युत उपभोगको रकम, नियमित मर्मतसम्भार र एक कर्मचारीको खर्च नगरपालिकाले व्यहोर्नु परिरहेको छ । यहाँ सवैभन्दा वढि उत्पादन हुने अदुवा, आलु लगायत कृषिजन्य वस्तु शितभण्डारमा राख्न नपाउँदा समस्या भएको छ ।

नगरपालिकाले पटक पटक ठेक्का खुलाउँदा पनि संचालनको लागि अहिलेसम्म कोही नआएको नगरपालिकाको भनाई छ । इलाम नगरपालिकाले कर्मचारी वापत मासिक १५ हजार रुपैया, विजुलीको विल वार्षिक ६ लाख हाराहारीमा र बार्षिकरुपमा शितभण्डारलाई चुस्त राख्न लाखौ रुपैयासमेत नियमति खर्च भइरहेको कार्यालयको तथ्याड्ढमा छ । जिल्लाको पहिलो शितभण्डारको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आट गर्नसकेका छैनन् ।

जिल्लामा अझै पनि सागसब्जी तथा फलफूल बेमौसममा विक्री गर्न कृषकले सकेका छैनन् । स्कुस, काक्रा, फर्सी, रायो साग जस्ता तत्काल बिक्रि गर्न वजार पुर्याउनु पर्ने बाध्यता कहिले हट्ला भन्ने सबै कृषकको चासोको बिषय बन्न पुगेको छ । शीत भण्डारलाई चाँडो सञ्चालन गर्नका लागि सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।