धरान: मंगलबार राती पहिरो गएको धरानको निशाने खोलाको पहिरोग्रस्त क्षेत्रमा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी र सडक डिभिजन कार्यालय विराटनगरका डिई सुभराज न्यौपानेले स्थलगत निरीक्षण गरेका छन् ।

बुधबार दिउँसो मेयर भण्डारी र डिई न्यौपानेले पहिरोग्रस्त निशानेको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै कार्यवाहक मेयर भण्डारीले क्षतिको यकिन गरेर पीडित परिवारलाई विपद व्यवस्थापनअन्र्तगत राहत दिलाउने पनि बताइन् ।

nishane-pahiro3

कोशी राजमार्ग नै जोखिममा भएकोले सडक डिभिजनमार्फत प्राविधिकरुपमा सुरक्षित बनाउन लागिपर्ने पनि उनले बताइन् । ‘सडकको डिई नै आउनुभएको छ, सडक जोगाउन प्राविधिकरुपमा के गर्न सकिन्छ भनेर हेछौं,’उनले भनिन्,‘तल खोलाबाट नै कटान भएर पहिरो गएकोले माथिबाट मात्र प्रयास गरेर हुदैन ।’ पहिरो ग्रस्त क्षेत्र धरानको वडा नं १३ र ४ को सिमाना पर्छ ।