काठमाडौं : हजारको नोट अर्थात् सजिलो भाषामा ‘हात्ती’ । तर यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ- के यो नेपाली नै हो त ?

‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ-हात्ती नै फेरिदिने ।

अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम-लक्ष्मणको पोट्रेट तस्वीर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् । त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट