धरान: नेपाली कांग्रेसको देशव्यापीरुपमा शुरु भएको दोस्रो चरणको जागरण अभियान धरानसमेत समेटिएको सुनसरी क्षेत्र नं १ मा पनि तीब्ररुपमा भइरहेको छ ।

कांग्रेसले देशभरको प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय जागरण अभियान भदौ २४ गतेबाट शुरु गरेको हो । पार्टी तथा संगठन सुदृढीकरण गर्ने, कार्यकर्तासँगै जनतालाई पनि जागरुग बनाउने उद्देश्यले कांग्रेसले जागरण अभियान थालेको हो । सुनसरी क्षेत्र नं. १ मा प्रदेशसभा ‘क’ र ‘ख’ मा केन्द्रीय प्रतिनिधिसहितको जागरण अभियान भइरहेको कांग्रेसले जनाएको छ । प्रदेशसभा क मा धरानको १५ वटा वडा पर्छ भने ख मा बराहक्षेत्रको वडा १ र २, रामधुनी नगरपालिकाको(साविक बक्लौरी)सहित १२ वटा वडा पर्छ ।

कांग्रेसले संविधानसभा, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनिसकेकाहरुलाई ७७ जिल्लाको क्षेत्रमा केन्द्रीय प्रतनिधि बनाएर पठाएको छ । कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङका अनुसार प्रदेशसभा कतर्फ केन्द्रीय प्रतिनिधिकोरुपमा थलकुमार लिंखा आएका छन् भने खतर्फ केन्द्रीय प्रतिनिधिकोरुपमा आनन्द सन्तोषी राई आएका छन् । क र ख क्षेत्रमा रहेका नेता कार्यकर्ताहरु आआफ्नै क्षेत्रमा परिचालित हुने निर्णय गरेर जागरण अभियान भइरहेको उनले बताए । ‘वडागतरुपमा कार्यकर्ताहरु भेला गराएर जागरणसभाको उद्देश्य, औचित्यबारे र जनतालाई कसरी जागरण गराउने भनेर प्रशिक्षणात्मक कार्यक्रम भइरहेको छ,’कांग्रेस जिल्ला प्रवक्तासमेत रहेका तामाङले भने,‘पार्टी, संगठनर्ला सदृढ बनाउन के गर्नुपर्छ भनेर कार्यकर्ताहरुको सुझाव पनि संकलन भइरहेको छ ।’

congress-jagaran-aviyan

जागरण अभियान कार्यकर्ताहरुलाई प्रशिक्षण पनि दिने र दुई तिहाई सरकारबाट भएको जनविरोधी काम, संविधान विरोधी कामबारे र भ्रष्टचारबारे सुसुचित गर्ने गराउने र जनतामाझ गएर भण्डाफोर गराउने पनि उनले बताए । जागरण अभियान असोज ७ गते समापन हुनेछ । जागरण अभियानको समापन धरानको भानुचोकमा जिल्ला व्यापी विरोधसभासँगै हुने कांग्रेसले जनाएको छ । ‘विरोधसभामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा आउनुहुनेछ,’तामाङले भने ।

जागरण अभियानअन्र्तगत नै असोज ३ गते संविधान दिवसको अवसरमा प्रदेशसभा क र खको संयुक्त कार्यक्रम धरानमा हुने कांग्रेसले जनाएको छ । उक्क्त कार्यक्रममा नेपालको संविधान २०७२ बारे अन्र्तक्रिया हुनेछ । ‘कांग्रेसकै नेतृत्वमा जारी भएको हो संविधान । संशोधनको कुरा व्यपाक उठिरहेको छ, र केही संशोधन पनि भयो । अझै थप परिष्कृत गराउन के गर्नुपर्छ भनेर जागरण अभियान अन्र्तगत नै अन्र्तक्रिया राखिएको हो,’तामाङले भने ।