धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको विकास र समृद्धिको यात्रामा सञ्चारमाध्यमहरुको भुमिका सकरात्मक हुनुपर्ने बताएका छन् ।

धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स स्थापनाको रजत जयन्ती समारोहलाई बिहिबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाली मिडियाहरु नकरात्मकताको खोजी र सन्देश छर्न बढी प्राथमिकता दिने गरेको भन्दै अब सकरात्मकतालाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले मिडियामा नकरात्मकताको खेती गर्ने प्रवृत्तिलाई अन्त्य गरेर विकास र समृद्धिको यात्रामा मिडियाहरुको ध्यान सकरात्मक हुनुपर्ने बताए ।

‘मिडियामा नकरात्मकताको खेती गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ, गलत कुरा हटाएर विकास र समृद्धि कसरी हासिल हुनसक्छ ? मिडियाहरुको ध्यान त्यता जानुपर्छ,’मुख्यमन्त्री राईले भने,‘सरकारले भ्रष्टचारमा शुन्य सहनसिलता लिएको छ, कहाँ भ्रष्टचार छ, कहाँ सुशासन छैन, त्यो लेख्नुस्, हामी तत्काल एक्सनमा जान्छौं, तर समाजलाई नकरात्मकता मात्र बाड्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’ मुख्यमन्त्री राईले नकरात्मक समाचारले समाजमा दुष्प्रभाव पर्नसक्नेतर्फ सचेत हुन आग्रह गर्दै समाजलाई सकरात्मक दिशातर्फ अघि बढाउने भुमिका मिडियाको हुनुपर्ने बताए ।

blast1

वद्लिदो परिस्थितिसँगै नेपाली मिडिया क्षेत्रले पनि आफुलाई परिष्कृत गर्दै अघि बढ्न मुख्यमन्त्री राईले आग्रह गरेका थिए । संघीयताले मात्र नेपाल राष्ट्रलाई एकताको सुत्रमा बाध्ने धारणा व्यक्त गर्दै उनले भने,‘संघीयता हामीले रोजेका छौं, संघीयताले मात्र हिमाल, तराई र पहाडलाई जोड्नसक्छ । सबै जाति जनजातिहरुबीचमा एकता प्रगाढ हुनसक्छ, विकास र समृद्धि आउनसक्छ । तसर्थ नेपाली मिडियाहरुले पनि संघीयताको यात्रामा योगदान गर्नुपर्छ ।’

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रजत जयन्ती अवसरमा पत्रकारितमा योगदान पुर्याएवापत अग्रज पत्रकार यज्ञ शर्मा(विराटनगर) र कौशल चेम्जोङ(उदयपुर)लाई जनही १५ हजारसहित सम्मान गरिएको थियो । यस्तै, ब्लाष्टमा कार्यरत पत्रकार, कर्मचारी, वितरकहरुसँगै सहयोगी संघसंस्था, विज्ञापनदाताहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, सप्ताहव्यापी कार्यक्रमअन्र्तगत म अघि बढ्छु शिर्षकको वतृत्वकला, कविता वचनलगायत कार्यक्रमहरुका विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

blast3 blast4