झापा : सुन्दा नै अचम्म लाग्न सक्छ । एउटा नदिमा एकै स्थानमा दुईवटा पुल । त्योपनि एउटा पुल मुनी अर्कोपनि पुल । हो, सुन्दै अचम्म लाग्ने यस्तै अवस्था छ झापाको गौरिगञ्ज गाउपालिकाको वडा नम्बर ६ मा पर्ने रतुवा नदिमा । झापा र मोरङको सिमाना समेत छुट्याउने यो नदिमा ११ वर्ष अघि पक्की पुल बनाउन भनेर शिलान्यास गरिएको थियो । सिलान्यास भएको ७ वर्षपछि पुल बन्यो पनि । ७ वर्ष अघि पुल सिलान्यास गर्दा खोलाको बहाव हेर्दा जहाँ आवश्यक थियो त्यहि गरियो । पछि निर्माण सम्पन्न हुँदा खोलाले धार परिवर्तन गर्यो र खोला अन्तै बग्यो ।

हुलाकी राजमार्ग अन्तर्गत निर्माण भएको यो पुल खोलाको बिचमा पर्यो । ययसरी करोडौ रुपैैँया लगानी गरेर निर्माण गरिएको पुल निर्माण सम्पन्न भएको ४ वर्षमा पनि प्रयोगमा आएन । बनेको पक्की पुल प्रयोगमा आउन नसके पछि यहाँका स्थानीय आफैले अर्को पुल बनाएर त्यसको प्रयोग गर्न थालेका छन् । उनीहरुले पक्की पुलको मुनीबाट बाँसको भाटा प्रयोग गरेर अस्थाई कच्ची पुल बनाएका छन् ।

हुलाकी राजमार्गलाई जोड्ने उदेश्यले निर्माण गरिएको पुल प्राबिधिक कमजोरीका कारण वारीपारी जोड्ने पुल अहिले खोला तर्न होइन पुल मुनी अर्को पुल निर्माण गर्न प्रयोग भएको छ । सुन्दै आश्चार्य लाग्ने गरि पक्की पुल मुनी फेरी पुलनै निर्माण गरिएको छ । करोडौँ खर्च गरेर निर्माण गरिएको पक्की मुनी हजारौं खर्च गरेर पुन पुल नै निर्माण गरिएको हो । पक्की पुल प्रयोगमा आउन नसकेपछि तत्कालका लागि पक्की पुल मुनी बाँसको कच्ची पुल निर्माण गरिएको हो ।

खोलामा निर्माण गरिएको पक्की पुल निर्माणसम्पन्न भएको बर्षौसम्म प्रयोगमा आउन नसकेपछि स्थानी बासिन्दाहरुको पहलमा पक्की पुलको आडमा बाँसको भाटाले खोला तर्ने अस्थाइ पुल निर्माण गरेका हुन् । अहिलेसम्म त खोला ठुलो थियो डुङ्गा चल्थ्यो । ‘हामीले डुङ्गा चढेर वारपार गरियो अब पानी घट्दै गयो न डुङ्गा चल्छ न त पानीबाट नै तर्न सकिन्छ । त्यसैले वारीपारी गर्न बाँसको पुल निर्माण गरिएको हो ।’ पुल निर्माण गर्दै गरेका गौरीगञ्ज निवासी गंगाराम राजवंशीले बताए ।

राजबंशीका अनुसार आमवणी र गौरिगञ्जका सर्वसाधारण आफैले स्व. स्फूर्त रुपमा आवश्यक रकम संकलन गरेर यो पुल बनाइएको हो । स्थानीय बिभिन्न सघं सस्था र नागरिककै सहयोगमा पुल निर्माण गरिएको र यो पुल प्रयोग गर्दा कुनै शुल्क समेत नलाग्ने राजवंशीले बताए ।

हुलाकी रामजमार्ग अन्र्तगत मोरङ जिल्लाको आमवाडी क्षेत्रबाट झापाको गौरिगञ्जलाई जोड्न रतुवा खोलमा निर्माण गरिएको पुल प्रयोगमा आउन सकेको छैन । पुलको रेखदेख गरिरहेका पुल पूर्वी सेक्टर नम्बर एक धरानका योजना प्रमुख कैलाश साहका अनुसार पुल निर्माणको काम ७२ सला जेठ सम्पन्न भएको थियो । सम्पन्न भएको पुल ४ बर्ष बितिसक्दा समेत सञ्चालन आउन नसकेपछि बाँसको पुल बनाएर हिड्नु पर्ने बाध्यता भोग्दै आएका छन् ।

२०६८ सालमा रतुवा खोलामा आएको बाढी पश्चिम तिर आमवाडी गाउमा पस्यो । यसरी नदिले धार परिर्वतन गरेर पुल निर्माण भइरहेको क्षेत्रभन्दा करिव तीन मिटर पश्चिमसम्म कटान ग¥यो । पछि पुन खोलाको बाढी पुलभन्दा पूर्वको भागतिर मोडियो । बाढीले पुल निर्माण सम्पन्न भएको पुलभन्दा झण्डै पाँच सय मिटरसम्म पूर्वमा कटान ग¥यो । त्यसपछि पुल खोला बीचमा भयो । अहिलेसम्म रतुवा पुलभएको भन्दा झण्डै तीन सय मिटर पूर्वबाट बगिरहेको छ ।

पुलको गुरुयोजना तयार गर्दा नै नदिको मुख्य बहावलाई कटान नियन्त्रण नगरिकन खुल्ला किनार छोडेर पुल निर्माण गरिदा यस्तो अवस्था आएको गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको भनाइ छ । नेपालमा प्राबिधिक कमजोरि भएका कारण निर्माण सम्पन्न भएको बर्षौ बितिसक्दा समेत पुल सञ्चालनमा आउन सकेको छैन ।

२०६५ साल साउन १ गतेदेखि औपचारिक शिलान्यास गरि निर्माण सुरु गरिएको पुल निर्धारित समय भन्दा झण्डै ५ बर्ष पछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । योजना प्रमुख साहका अनुसार १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपयाँ लागतमा निर्माण गरिएको हो । ९ वटा पिल्लर रहेको पुल २ सय ५ मिटर लम्बाइ रहेको छ । दुइ तर्फी यातायात सञ्चालन गर्न सकिने साढे सात मिटर चौडाइ रहेको यो पुल अहिले स्थानीयकालागि सास्ती जस्तै भएको छ ।