झापा : शिक्षा, स्वास्थ्य र जनचेतनाको हिसाबले पनि निकै अगाडी मानिएको झापा जिल्लाका महिलाहरुले अझै पनि आफना समस्याहरु लुकाउने गरेको पाईएको छ ।

झापाको दमकमा दमक नगरपालिकाले आयोजना गरेको दुई दिने बृहत निःशुल्क महिला स्वास्थ्य शिविरमा यस्तो रहस्य सार्वजनिक भएको हो । दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजना, सामुदायीक सेवा प्रतिष्ठान भक्तपुरको प्राबिधिक सहयोग र मेलान दमकको ल्याव परिक्षण सेवा उपलब्ध गराएका थिए । दुई दिन सम्म चलेको निशःल्क स्वास्थय शिबिरमा दमक, कमल र गौरादहकागरि ९ सय ७४ जना २० देखी माथि ७० वर्ष उमेर समुहका महिलाहरुले स्वास्थय परिक्षण गराएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र आर्यालले जानकारी दिए । शिविरमा स्वास्थ्य परिक्षण गराउन आएका ९ सय ७४ जना मध्ये १ सय २१ जनामा आङखस्ने समस्या पाईएको आर्यालले जानकारी दिए । जस मध्येपनि १० जनामा गम्भिर प्रकृतीको पाईएकाले निःशुल्क शल्यक्रियाकालागि दमकस्थित आम्दा अस्पताल पठाइएको प्रमुख आर्यालले बताए । शिविरमा आएका मध्येमा करिब १२ प्रतिशतमा आङ खस्ने समस्या देखिएको छ । त्यसमा पनि १० जनामा निकै गम्भिर प्रकृतीको पाइएकाले शल्यक्रिया नै गर्नुपरेको छ भने बाँकी ५५ जनालाई रिङकेशरी गरिएको आयोजकले जनाएको छ । यो तथ्याकंलाई हेर्दा अझैपनि धेरै महिलाहरुले घर परिवार र समाजमा आफनो समस्या लुकाउने गरेको देखिन्छ । जनचेतनाको अभाव, स्वास्थ्यको सहज पहँुच नहुनु तथा पारिवारीक मर्यादा र लाज ढाक्नकालागि महिलाहरुले अहिले पनि यस्तो समस्या लुकाउने गरेको पाइएको प्रमुख अर्यालको भनाई रहेको छ ।

करिब १२ प्रतिशतमा आङ खस्ने समस्या, २८ जनामा पाठेघरको मुखमा क्यान्सरको लक्षण

00 8

शिबिरमा स्वास्थ्य परिक्षणमा आएका ९ सय ७४ मध्ये ५ सय २८ जनाको पाठेघरको परिक्षण गरिएको थियो । जसमा २८ जनामा शुरुवाती चरणको पाठेघरमा मुखको क्यान्सरको लक्षण भेटिएको छ । शिबिरबाट पहिचान गरिएका २८ जनाको ल्याव रिपोटमा (भिआईए) पोजेटिभ पाइएपछि निःशुल्क क्रायोथेरापी गराइएको थियो । जनचेतनाको अभाब, बदलिदो सामाजिक परिबेश, रिती रिवाज, समाजिक मर्यादा, पर्यावरणीय असरका साथै दैनिक खानपिनमा आएको फेरबदलले पनि विशेष गरेर महिलाहरुको तल्लो पेटमा धेरै समस्या देखिएको शिबिरमा सहभागि चिकित्सकहरुको भनाई छ । सहज स्वास्थ्य सेवाको पहँुच नहुनु धेरैमा अझैपनि संभावित जोखिम न्युनिकरणका लागि ज्ञानको अभाबका कारणपनि गाँउघर तिरका धेरै महिलाहरुले यस्ता समस्यालाई आफै भित्र लुकाउने गरेको पाइएको छ ।