धरान :धरानको सभागृह भन्नुबित्तिकै दुर्गन्ध फैलिएको र लथालिङ्ग हलको दृष्य हाम्रो आँखामा आउछ । हलभित्र त छत खस्ला झै विजोग अवस्था छ । तर, आइतबार दिउँसो सभागृह पुग्दा भने बेग्लै अनुभव भयो ।

सभागृह प्रवेश गर्ने मुलढोकादेखि नै पेन्टिङ सजिएको थियो । प्रायः सुनसान हुने सभागृहमा ती पेन्टिङ अवलोकन गर्नेहरुको बाक्लो भिड थियो । माथिल्लो तला चढ्ने भर्याङको भित्तैभरि पनि चित्रहरु थिए । माथिल्लो तलामा पनि भित्ताभरि नै चित्रैचित्र । ती सुन्दर चित्रहरु नियालिरहन मनपर्ने । सभागृह भन्नुबित्तिकै नाक खुम्च्याउने सबैलाई आइतबार त जाउ जाउँ लाग्ने बनेको थियो ।

paintes

धरान ८ स्थित सभागृह ४ दिने चित्रकला मेला चलिरहेको छ । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा असोज ३ गतेदेखि भइरहेको चित्रकला मेलामा ती चित्रहरु १ नं प्रदेशका अग्रज चित्रकारहरु र सहभागी धरानका विद्यार्थीहरुले तयार गरेका हुन् । वाटर कलर प्रयोग गरि क्यानभासमा उतारिएका चित्रहरुलाई आइतबार र सोमबार सभागृहमा नै प्रर्दशनीमा राखिएका हुन् । ती चित्रहरु हेर्न विद्यार्थी मात्र होइन, शिक्षक र अभिभावकहरु पनि आइतबारदेखि सभागृह धाइरहेका छन् ।

चित्रकलाको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन प्रतिष्ठानले ४ दिने चित्रकला मेला आयोजना गरेको हो । अघिल्लो २ दिन अग्रज चित्रकारहरुले क्यानभासमा चित्र बनाउदै सहभागी विद्यार्थीहरुलाई पनि वाटर कलरमार्फत चित्र बनाउने ज्ञान र अनुभव बाँडेका थिए । त्यसैक्रममा धरानका ४१ वटा स्कुलबाट सहभागी विद्यार्थीहरुले ६८ वटा चित्र बनाए भने ३० जना प्रदेशका अग्रज चित्रकारहरुले पनि ५४ वटा चित्र बनाए । यस्तै, विगतमा पनि तयार गरिएको चित्रसमेत गरी कुल १ सय ४७ वटा चित्रहरु आइतबारदेखि प्रर्दशनीमा राखिएका छन् । चित्रकला प्रर्दशनी सोमबारसम्म हुनेछ ।

paintingg6

आयोजकले विद्यार्थीहरुलाई धरानको पर्यटन प्रर्वद्धन हुने खालको भुवनौट, सँस्कृति झल्काउने चित्र बनाउनुपर्ने मापदण्ड बनाएको थियो । अधिकांश विद्यार्थीहरु घण्टाघर र भानुचोकलाई विम्ब बनाएर चित्र बनाएका छन् । यस्तै, धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी र धरान क्षेत्रको प्राकृतिक दृष्यलाई पनि चित्रमा उतारेका छन् । सहभागी विद्यार्थीहरुले २ दिनको सैद्धान्तिक र व्यवहारिक ज्ञान धेरै लाभदायी भएको बताए । ‘हामीले स्केच मात्र गथ्यांै, यहाँ वाटर कलर पनि चलाउन सिक्यौं, धेरै खुशी छौं,’धरान १२ स्थित पब्लिक हाइस्कुलका कक्षा ८ का विद्यार्थी रुपक राईले भने ।

painting paints2 painting6 painting3 panterss